क्यान इन्फोटेक–२०१५ माघ १४ देखि हुने

सोमबार , साउन २३, २०७९
भर्खरै

CAN Info-Tech Press Meetकाठमाडौँ, २३ पुस । कम्प्युटर एसोसिएसन अफ नेपाल महासङ्घ (क्यान महासङ्घ)ले ‘सुबिसु क्यान इन्फोटेक–२०१५ इन एसोसिएसन विथ डेल इन्टेल बाई नियोटेरिक नेपाल’को आयोजना गर्ने भएको छ ।

महासङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ १४ गतेदेखि १९ गतेसम्म उक्त क्यान इन्फोटेकको २१औँ संस्करण गर्न लागेको जानकारी दिएको हो ।

प्रदर्शनीमार्गस्थित प्रदर्शनीस्थलमा गर्न लागेको सो इन्फोटेकमा २१९ कक्ष रहने छन् । महासङ्घका अध्यक्ष इन्जिनियर विनोद ढकालले गत वर्षको इन्फोटेकमा चार लाख ३१ हजार ३५० अवलोकनकर्ता रहेकामा यस वर्ष चार लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता आउने विश्वास व्यक्त गर्नुभयो ।

इन्फोटेकमा सामुदायिक विद्यालयले लिखित रुपमा अवलोकनका लागि अनुरोध गरेमा सो विद्यालयका विद्यार्थीलाई निःशुल्क अवलोकन गर्ने व्यवस्थासमेत उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

उक्त प्रदर्शनी अवलोकनका लागि प्रवेश शुल्क रु १५० तोकिएको छ भने विद्यार्थीका लागि रु ७५ तोकिएको छ । रासस

Post Comment