नेपाल अमेरिका पत्रकार संघद्वारा चार्ली हेब्डोका प्रकाशक र प्रधान सम्पादक स्टेफन चारबोनियरसहित आठ पत्रकार समेत १२ जनाको हत्या भएको घटनाको एक प्रेस विज्ञप्ति मार्फत भर्त्सना गर्दै यस्ता क्रुर र अमानवीय घटनाले मानव सभ्यताको विकास क्रममा नै कालो धब्बा लाग्ने ठहर गरेको छ ।
पूर्ण प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
मिति: जनवरी ८,२०१५ |
इस्लामिक लडाकुले फ्रान्सको राजधानी पेरिसमा बुधबार चार्ली हेब्डो नामको पत्रिका कार्यालयमा पुगेर प्रकाशक र प्रधान सम्पादक स्टेफन चारबोनियरसहित आठ पत्रकार समेत १२ जनाको गोली हानी हत्या गरेको घटनाले यस नेपाल अमेरिका पत्रकार संघ स्तब्ध भएको छ । जुनसुकै नाममा र समूहवाट हुने यस्ता घटना निन्दनीय छन् | नेजा यस क्रुर आक्रमणलाई कायर मानसिकताको उपजको रुपमा निन्दा गर्दै आक्रमणमा परी मारिएका संचारकर्मीसहित दिवंगत सबैको आत्माको चीर शान्तिको कामना गर्दछ । यस प्रकारको कायरपूर्ण आक्रमणको हामी कडा शब्दमा भर्त्सना गर्दछौं । यस प्रकारको क्रुर र अमानवीय घटनाले मानव सभ्यताको विकास क्रममा नै कालो धब्बा लाग्ने हामीहरुको ठहर रहेको छ ।
(भोला आचार्य)
महासचिव
नोट: प्रेस विज्ञप्ति नेपाल अमेरिका पत्रकार संघको फकेबूक पेजबाट साभार गरिएको हो।