कान्तिपुर राष्ट्रिय दैनिक: कोरियाले ६४ सय नेपाली कामदार लिने

समाचार

सोल, माघ १ – दक्षिण कोरियाले ईपीएसबाट २०१५ मा ६ हजार ४ सय ३१ नेपाली कामदार ल्याउने भएको छ । यहाँको श्रम तथा रोजगार मन्त्रालयद्वारा प्रकाशित तालिका अनुसार जनवरीदेखि डिसेम्बरसम्ममा त्यति नेपाली कामदार ल्याइने भएको हो । यो संख्या २०१५ का लागि स्वीकृत कुल कोटा ५५ हजार ४ सय १४ को ११ प्रतिशत हो । तालिकाअनुसार नेपाली कामदार सबैभन्दा धेरै ‘मे’ मा आउने भएका छन् । यस महिना १ हजार ५ सय ६६ जना ल्याइने उल्लेख छ । सबैभन्दा कम सेप्टेम्बरमा १ सय ५५ जना आउनेछन् । कामको प्रकृतिका आधारमा भने कोटा तोकिएको छैन । प्रत्येक महिना http://www.ekantipur.com/np/2071/10/1/full-story/402109.html

Post Comment