६२औँ विश्व कुष्ठरोग दिवस

समाचार

­चितवन । ११ माघ । चितवनको भरतपुरमा सबैभन्दा धेरै कुष्ठरोगी फेला परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गएको एक वर्षमा गरेको अध्ययनमा भरतपुर उपमहानगरपालिकामा मात्रै २२ जना कुष्ठरोगीका बिरामी फेला परेको हो ।

जिल्लाका पाँचवटा नगरपालिका र एक उपमहानगरपालिकामध्ये भरतपुरमा धेरै कुष्ठरोगी फेला परेको कार्यालयका कुष्ठ तथा क्षयरोग अधिकृत जयराम दुवाडीले आज जानकारी दिनुभयो । आज ६२औँ विश्व कुष्ठरोग दिवस जिल्लामा विभिन्न चेतनामूलक कार्यक्रमसहित मनाइँदै छ ।

अन्य पाँच नगरपालिकामा २५ रोगी फेला परेको र उनीहरूलाई नियमित औषधि दिइँदैआएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जिल्लाका ६ नगरपालिका र ६ वटा गाविसमा मात्रै कुष्ठरोगका बिरामी फेला परेको तथ्याब्कसमेत आज सार्वजनिक गरिएको छ । चित्रवन नगरपालिकामा नौ, नारायणीमा चार, माडीमा ६, खैरहनीमा दुई र रत्ननगरमा ६ जना बिरामी भेटिएको कार्यालयले जनाएको छ ।

यता भण्डारा गाविसमा तीन, पिप्लेमा एक, कठारमा एक, वीरेन्द्रनगरमा दुई, जुटपानी र दिव्यनगरमा एक–एक गरी नौजना बिरामी गाविसमा फेला परेका छन् । अन्य गाविसमा अहिलेसम्म फेला परेको छैन । उहाँका अनुसार जिल्लामा कुल ५६ जना कुष्ठरोगीमध्ये भरतपुरमा २२ र अन्य नगरपालिकामा २५ जना तथा ६ वटा गाविसमा नौजना बिरामी छन् ।

चितवनमा गएको एक वर्षमा ६७ कुष्ठरोगीको उपचार भएको छ । त्यसको अघिल्लो वर्ष १०५ जनाको उपचार भएको थियो । उक्त रोग सर्ने र नसर्ने दुई प्रकारका हुने र यो रोग ६ महिना र १२ महिनासम्म नियमित औषधि सेवन गर्दा निको हुने चिकित्सकहरूले बताएका छन् । शरीरका कुनै भागमा लाटो फुस्रोदाग देखिनु, पसिना नआउनु, राँै झर्दै जानु, नचिलाउनु नसर्ने रोगका लक्षण हुन् । नेपालमा तीन हजारभन्दा बढी कुष्ठरोगी भएको तथ्याब्क छ । रासस

Post Comment