काठमाडौँ, १६ माघ । जहाँनिया निरङ्कुश शासन व्यवस्थाको विरोध र प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति दिने सहिदहरूलाई श्रद्धाञ्जलि दिन आज प्रधानमन्त्री सुशील कोइराला लैनचौरस्थित सहिद स्मारकमा पुगी पुष्प गुच्छा अर्पण गर्नुभयो ।
सो अवसरमा सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री वामदेव गौतम, अर्थमन्त्री डा रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मुख्य सचिव लिलामणि पौड्याल, तीनै सुरक्षा निकायका प्रमुख एवम् उच्च पदाधिकारीहरुले पुष्प गुच्छा अर्पण गरी सहिदप्रति सम्मान तथा श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
आजै सहिद दिवसको अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक)ले गोकर्णेश्वर नगरपालिकास्थित जगडोलमा रक्तदान कार्यक्रम गरिँदै छ भने सहिद प्रतीक स्मृति केन्द्र नेपालले सहिद स्मारिका पुस्तक लोकार्पण गरिने कार्यक्रम छ । रासस