लुम्बिनीमा रोटरी दक्षिण एसियाली शान्ति सम्मेलन सुरु

समाचार

लुम्बिनी (रूपन्देही), २४ माघ । विश्वमा दिगो शान्तिको कामना गर्दै आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा रोटरी दक्षिण एसियाली शान्ति सम्मेलन सुरु भएको छ ।

बिश्वमा शान्तिको खोजी तथा भगवान गौतम बुद्धको शान्ति उपदेश विश्व माझ फैलाउने उद्देश्य सहित सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ ।

रोटरी इन्टरनेसनल डिस्टिक ३२९२ ले विगत केही वर्षदेखि शान्तिका लागि विभिन्न कार्य गर्दै आएकोमा अहिले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा तीन दिनको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनको उद्घाटन गर्दै रोटरी इन्टरनेसनलका अध्यक्ष गेरी सिके व्हाङले वर्तमान समयमा भगवान गौतमबुद्धले दिएको शान्ति सन्देशको अत्यन्त महत्व रहेको जनाउँदै विश्वशान्तिका लागि भगवान बुद्धको पदचापमा हिड्नुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा नेपालसहित भारत, श्रीलङ्का, कोरिया, मलेसिया, बङ्गलादेशलगायत देशका आठसय बढी रोटरियन सहभागी छन् । सम्मेलनका क्रममा विभिन्न धर्मगुरु तथा विज्ञले प्रवचन दिने बताइएको छ । रासस

Post Comment