भारतले भन्यो, ‘कोशी ब्यारेज नेपाली माओवादीबाट असुरक्षित छ’

समाचार

कोशी ब्यारेजको सुरक्षामा मुस्लिम आतंकवादीहरुका साथै नेपालका माओवादी नेताहरुबाटै खतरा रहेको भारतीय गोप्य सूचना फेला परेको छ ।

बिहार राज्यको सुपौल जिल्लाले वीरपुरको कोसी जलविद्युत परियोजनालाई लेखेको गोप्य पत्रमा नेपालका माओवादीबाट कोसी बराज असुरक्षित रहेको उल्लेख गरिएको छ ।

उक्त भारतीय सर्कुलरमा मुस्लिम आतंकवादीसँगै नेपालका माओवादीलाई समेत एकै ठाउँमा मुछिएको छ । ‘गोपनीय शाखा’बाट प्रेसित पत्रमा नेपाल पुलिसको क्रियाकलापको समेत निगरानी गर्न भनिएको छ ।

सुपौल जिल्लाले वीरपुरलाई लेखेको गोप्य पत्रमा मुस्लिम आतंकवादी संगठन र नेपालका माओवादीको समेत नाम लिँदै भनिएको छ- ‘यस्तो सूचना प्राप्त भएको छ कि इस्लामिक संगठन लस्कर ए तोएवा, जैश ए मोहम्मद, तथा पाक मूलको मुजाहिद्दीनद्वारा महत्वपूर्ण प्रतिष्ठानलाई लक्षित गरने योजना बनाएका छन् । छिमेकी देश नेपालमा राजनीतिक अस्थिरता एवं नेपाली माओवादी नेताहरुद्वारा भारतविरोधी गतिविधिलाई मध्यनजर प्रमुख प्रतिष्ठानको सुरक्षालाई हेरेर प्रशासनिक सतर्कतामूलक एवं सुरक्षात्मक कारवाही आवश्यक छ ।