रत्ननगर चितवन साउन १४ ।
चितवनको दक्षिण माडीमा बाढीले करिब ४५ घर डुबानमा पारेको छ । रातिदेखि परेको भारी वर्षाका कारण रिउ खोलामा आएको बाढीले यसरी बस्ती डुबानमा पारेको हो । माडीको खोलाले अहिले खतराको तह समेत नाघेकाले बस्ती डुबान भएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनायकाे छ ।
पानीको सतह ३.४ मिटर भए चेतावनीको तह मानिन्छ । ३.८ मिटर बाढीको तह पुगेमा खतराको सङ्केतमा साइरन बज्छ तर अहिले बाढी खतराको तह नाघेर ३.९ पुगेको र बढ्दो क्रममा रहेको छ। उहाँका अनुसार अहिले बाढीले यहाँको रतनीमा ६ घर, धोबाहमा २० घर र सिमरामा २० घर डुबानमा पारेको हो ।