आजको कार्यसूची यस्तो छ व्यवस्थापिका संसद्को

समाचार

IMAGE

काठमाडौं, १९ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्दै छन् ।

नेपालको संविधानको धारा २९८ को उपधारा ९३० एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम ४९ को उपनियम ९४० बमोजिम उनले उक्त पदमा उम्मेदवारीको सूचना प्रस्तुत गर्ने कार्यसूची व्यवस्थापिका संसद्ले प्रकाशन गरेको छ । संसद्को आजको कार्यसूचीअनुसार उक्त उम्मेदवारीको सूचनाको प्रस्तावक सांसद शेरबहादुर देउवा र समर्थक अर्का सांसद कृष्णबहादुर महरासमेत १६ जनाले समर्थन मन्तव्य दिने कार्यक्रम छ । त्यसपछि उक्त उम्मेदवारीको सूचनालाई सभामुख ओनसरी घर्तीले निर्णयार्थ प्रस्तुत गर्नेछिन् । आज बिहान ११ बजेका लागि निर्धारण भएको संसद् बैठक अहिलेसम्म प्रारम्भ भएको छैन ।