प्रधानमन्त्री चयन गर्नका लागि मतदान प्रक्रिया सुरु

समाचार

IMAGE

काठमाडौं, साउन १९ । व्यवस्थापिका संसदमा नायँ प्रधानमन्त्री चयन गर्नका लागि मतदान प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्रीको एक्ला उम्मेदवार नेकपा माओवदी केन्द्रका अध्यक्ष प्रचण्ड र बिपक्षमा मतदान गर्नेहरुका लागि बेग्लाबेग्लै लबि छुट्याईएको छ । प्रचण्डलाई मत दिने पक्षमा १६ दल र एक स्वतन्त्र उम्मेदवार छन् । त्यसैगरी दाहालको बिपक्षमा नेकपा एमाले, राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टीलगायत रहेका छन् ।