काठमाडौं, साउन २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीका रुपमा निर्वाचित भएकोमा नयाँ शक्ति नेपाल पार्टीले बधाई तथा शुभकामना व्यक्त गरेको छ । पार्टी प्रवक्ता खिमलाल देवकोटाद्वारा आज जारी प्रेस विज्ञप्तीमा भनिएको छ,– संविधानको कार्यान्वयन, विनाशकारी भूकम्पपछिको पुनर्निर्माण, महंगी, भ्रष्टाचार, कालाबजारी, तस्करी र अराजकताबाट जनताले मुक्ति खोजेका छन् ।
संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै केही समययता अन्तराष्ट्रिय सम्बन्धमा देखा परेको तिक्तताको समाधान गरी सन्तुलित परराट्र सम्बन्ध कायम गर्नुपर्ने जस्ता चुनौतीहरु वर्तमान सरकारका सामु खडा छन् ।
तराई मधेशको आन्दोलनको समाधान गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न समेत सफलता मिलोस् भन्ने कामना पनि विज्ञप्तीमार्फत व्यक्त गरिएको छ । साथै पार्टीले असफल संसदीय व्यवस्थाको सट्टामा स्थायित्व र विकासका लागि पूर्णं समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतिय प्रणालीको व्यवस्था गर्नु नैं पार्टीको धारणा हो भन्ने जनाईइएको छ ।