प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण गरेपछि यस्तो छ आजको कार्यतालिका ।

समाचार

image

काठमाडौं, साउन २० । नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल व्यवस्थापिका संदबाट अत्यधिक बहुमत प्राप्त गरी यहि साउन १९ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् ।

  1. उनले आज दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । त्यपछि प्रचण्डले आजै गर्ने कार्य तालिका यस्तो छ ।

– दिउँसो ३ः०० बजे शपथ ग्रहण

शपथपश्चात् सहिद स्तम्भ लैनचौरमा माल्यअर्पण

– पुष्पलाल स्मृति पार्क चम्पादेवीमा माल्यअर्पण

– पार्टी केन्द्रीय कार्यालय सहिद तथा वेपत्ता योद्धा स्तम्भमा माल्यअर्पण

– प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पदबहाली