सरकारले १० लाख दिने मधेस आन्दोलनमा मारिएका परिवारलाई

समाचार
download
काठमाडौं, साउन २१ । सरकारले मधेस आन्दोलनका क्रममा मारिएकाको परिवारलाई जनही १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । मन्त्रिपरिषदको आज सम्पन्न बैठकले उक्त निर्णंय गरेको हो । बैठकले मधेस आन्दोलनमा घाइते भएका हरुलाई पनि उपचार खर्च दिने निर्णंय गरेको सरकारको प्रवत्ता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । यसैबिच केपी ओली सरकारले राजनीतिक आधारमा राजदूतमा सिफारिस गरेका १४ जनाको नामावली फिर्ता लिने निर्णय गरेको छ । परराष्ट्र सेवाबाट सिफारिसमा रहेकाहरुलाई भने राजदूतमा नियुक्ति गरिने तयारी सरकारको छ ।