काठमाडौं, साउन २३ । नेपाल खाद्य संस्थानले सिंहदरबारभित्र खाद्य बिक्री कक्ष स्थापना गर्ने तयारी गरेको छ ।
सिंहदरबारभित्रका निजामति कर्मचारीलाई संस्थानका गुणस्तरीय खाद्य सामग्री बिक्री वितरण गर्नका लागि बिक्री कक्ष स्थापना गर्न लागिएको संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले जानकारी दिए ।
संस्थानले अहिले सिंहदरबारभित्र बिक्री कक्ष स्थापनाका लागि ठाउँ खोजिरहेको छ ।
दसँै अगाडि नै बिक्री कक्ष सञ्चालन गछौँ,” उनले भने । कर्मचारीका लागि संस्थानले सिहदरबारभित्र बासमतिको ब्राउन, जिरामसिना, उसिना मोटा, कर्णालीको सिमी, फापर जस्ता खाद्य सामाग्री राख्ने बताइएको छ ।