काठमाडौं, साउन २८ । माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाउनको लागि पार्टीको हेडक्वाटर बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा जारी बैठकले मन्त्री परिषदमा पठाउने व्यक्ति नामवली टुङ्गो लगाउने बताइएको छ ।
मन्त्रीपरिषद विस्तारमा भएको ढिलाईले सरकारको काम कारबाही प्रभावित हुनुका साथै सरकारको समेत अलोचना हुन थालेपछि सत्ता नेतृत्वकर्ता दल माओवादी केन्द्रले पार्टीबाट मन्त्री बन्नेहरुको नाम आज टुङ्गो लगाउन लागेको हो ।
प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट मन्त्री बन्नेको ना टुङ्गो लगाएर केही साना दललाई समेत सहभागी गराएर आजै मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेको स्रोतको दाबि छ ।
माओवादी केन्द्रले यो पटक समावेशी प्रतिनिधित्व हुने गरी मन्त्रीमा नाम सिफारिस गर्ने तयारी गरेको छ । आजको केन्द्रिय कार्यलय बैठकले थप नयाँ अनुहारलाई प्राथमिकता दिएर नाम सिफारिस गर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् ।