डा बाबुराम भट्टराई: म्यादी सरकारलाई कर्मचारीले टेर्दैनन्

समाचार

Baburam_Bhattarai copy

साउन ३१ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा भट्टराईले भने “संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्छ ।

प्रत्यक्ष निर्वा्चित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्छ ।” तोकिएको म्यादी सरकारले काम गर्न कठिन हुन्छ, डा भट्टराईले भने – “कम्तीमा पनि पाँच वर्ष शासन व्यवस्था चलाउन पाउने प्रावधान बन्नुपर्छ ।”

म्यादी सरकार बन्दा कर्मचारीले नटेर्ने र अन्य निकाय सक्रिय नहुने हुँदा सोचेअनुरुप काम गर्न कठिन परिस्थिति सिर्जना हुन सक्छ उनले भने ।