चीनमा के गर्दै छन् उपप्रधानमन्त्री महारा ?

समाचार

अर्थमन्त्री कृष्णबहादुर महरा

काठमाडौं, साउन ३२ – चीन भ्रमणमा रहेका उपप्रधान एमव् अर्थमन्त्री कृष्णबहादुर महराले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने भएको छ ।

उपप्रधानमन्त्री महरा र विदेशमन्त्री वाङबीच बेइजिङस्थित चिनियाँ विदेशमन्त्रालयमा भेटवार्ता तय भएको बेइजिङस्थित कार्यवाहक नेपाली राजदुत हरीचन्द्र घिमिरेले जानकारी दिए ।

भेटमा नेपालको पछिल्लो राजनितिक अवस्था, दुई देशबीचको सम्बन्ध सुधार लगायतका विषयमा छलफल हुने बताइएको छ । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन तथा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउका लागि सरकारको विषेश दुतका रुपमा हिजो चीन प्रस्थान गरेको अर्थमन्त्री महराले आजबाट उच्चस्तरीय भेटवार्ता गर्न लागेको हो ।

चीन भ्रमणका क्रममा महराले चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लि खछ्याङसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्ने तयारी भइरहेको छ ।

सो क्रममा महराले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक निमन्त्रणा चीन सरकारलाई हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Post Comment