लोकमानले सर्वोच्चमा पठाए लिखित जवाफ

समाचार

Lokman_singh_Karki

काठमाडौं, भदौ ८ ।  अदालतको अपहेलनासम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मंगलबार सर्वोच्च अदालतमा लिखित जवाफ पठाएका छन् ।

आयोगका प्रमुख आयुक्त कार्कीले पठाएको लिखित जवाफमा निवेदनकर्ताले ‘आफू चर्चित बन्ने र अपराधबाट उम्कने प्रयास गर्ने सिलसिलामामात्र निवेदन दिएको’ उल्लेख छ ।

लिखित जवाफमा गलत, झुटो, कलुषित भावनाबाट प्रेरित भइ संवैधानिक आयोगमा संविधान र कानुनबमोजिम नियुक्ति भइ निष्ठापूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्दै आएको उल्लेख छ ।

पत्रकार कनकमणि दीक्षित पत्नी शान्ता दीक्षितले आयोगले क्षेत्राधिकारभित्र नपर्ने काममा आफूलाई दुःख हैरानी दिइ हतोत्साही गराउने उद्देश्यले आफ्नो पतिलाई थुनामा राखेको भन्दै गत वैशाख २२ गते अदालतमा मानहानिसम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् ।

सर्वोच्च अदालतले सो मुद्दाको विषयलाई लिएर १५ दिनभित्र लिखित जवाफ माग गरेको थियो । सोहीअनुरुप मंगलबार आयोगका प्रमुख आयुक्त कार्कीले लिखित जवाफ पठाएका हुन् ।