जिप दुर्घटना हुँदा अर्घाखाँचीमा ९ जनाको मृत्यु

समाचार

Jeep-Accident

१२ भदौ, अर्घाखाँची । अर्घाखाँचीको हंसपुर गाविसमा जीप दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरहृवील जीप हंशपुर गाविस ५ रतनमोर बजार नजिकै पोष्टापाटको भीरबाट ७०० मिटर तल खसेको थियो ।

जीप खसेको स्थानमा थोरै उकालो रहेकाले ब्याक भएर खसेको हुनसक्ने अनुमान प्रहरीको छ । यद्यपी दुर्ङटनाको कारण खुलेको छैन । दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी चौकी हंशपुरका सइ श्याम श्रीषले जानकारी दिए ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । जीपमा १५ जनाभन्दा बढी सवार रहेको जिपमा । ६ जना घाइतेहरूलार्इ उद्दार गरी एम्बुलेन्समा सन्धिखर्क पठाइएको छ । प्रहरी र स्थानीयवासीले दुर्घटनाका घाइतेको उद्दार गरेका हुन् ।