काठमाडौं, भदौ १७ । नजिकीदै गरेको चार्ड पर्वलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।
निगमले गएराति देखि नै लागू हुने गरी प्रतिसिलिन्डर ५० रुपैंया घटाइएको निगमले जनाएको छ ।
अब उपभोक्ताले प्रतिसिलिन्डर ग्यास एक हजार ३ सय २५ रुपैंयामा किन्न सक्ने निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिनु भयो ।यसअघि उपभोक्ताले प्रतिसिलिन्डर ग्यासको एक हजार ३ सय ७५ रुपैंया तिर्दै आएका थिए ।
चाडपर्वको अवसरमा निगमले खाना पकाउने ग्यासमा नयाँ मूल्य कायम गरेको हो । खाना पकाउने ग्यासको मूल्य घटे पनि पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने प्रवक्ता खनालले बताउनुभयो ।