२३ किलो आगुऔषध अफिम सहित दुईजना पक्राउ

समाचार

afim

रुकुम, भदौ १७ । रुकुमवाट प्रहरीले २३ किलो आगुऔषध अफिम सहित दुईजनालाई पक्राउ गरेको छ ।

रुकुम रनमैकोट गाविस ८ बस्ने वर्ष ३८ को पूर्णवहादुर पुन र मुसिकोट नगरपालिका १ बस्ने वर्ष ३८ वर्षीय रामवहादुर घर्तीलाई आगुऔषध अफिम २३ किलो सहित क्षेत्रीय अनुसन्धान व्यूरो नेपालगञ्जको टोलिले बुधवार पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीय व्यूरोका कलिम बेहेनाले जानकारी दिए ।

मुसिकोट नगरापालिका १ खलंगावाट उनीहरुलाई पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा बुधवार साँझ सात बजे उनीहरुलाई पक्राउ गरिएको कलिम बेहेनाले जानकारी दिए ।

अन्तराष्ट्रिय बजारमा १ किलो अफिमको मुल्य १ करोड जतिपर्ने भएपनि नेपालमा भने त्यसको मुल्य निकै नै कम रहेको बताउने गरिन्छ । नेपालमा प्रतिकेजी दुई लाखको दरले यसको खरिद विक्रि हुने गरेको प्रहरीले जाएको छ ।

नेपालको तत्कालको बजार मुल्य अनुसार बुधवार पक्राउ परेको अफिमको मुल्य झन्डै आधा करोड रुपैयाको छ ।