प्रधानमन्त्री आज आफ्नो भारत भ्रमणका विषयमा सरोकारवालाहरुसँग छलफल गर्दै

समाचार

काठमाडौ २२ भदौ । आगामी भदौ ३० गतेदेखि हुने भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज विभिन्न बुद्धिजिवी तथा व्यवसायीहरुसाग परामर्श गर्दै हुनुहुन्छ ।

भारत भ्रमणलाई फलदायी बनाउने प्रयासमा प्रधानमन्त्री दाहालले आज कुटनितिक क्षेत्रका विज्ञहरुका साथै बुद्धिजिवी, तथा उद्यागी व्यवासायीहरुसाग छलफल गर्न लाग्नु भएको हो ।

दिउँसो २ बजे सिंहदरबारमा बुद्धिजिवीहरुसँग हुने छलफलमा दाहालले आफ्नो भ्रमणका क्रममा नेपालका तर्फबाट उठाइने दुई पक्षीय सरोकारका विषयमा कुराकानी गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।छलफलका क्रममा प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्ध सुधारका साथै नेपालले प्राथमिकता दिनुपर्ने विषयमा बुद्धिजिवीहरुसँग राय लिनु हुने बताइएको छ ।

यस्तै उहाँले आजै अपरान्न ४ बजे सरकारी निवास बालुवाटारमा विभिन्न क्षेत्रका व्यवसायीहरुसँग परामर्श गर्ने तयारी गर्नुभएको छ ।भारतसँग भइरहेको व्यापारिक घाटा कम गरी नेपालको हितमा व्यापारिक वातावरण बनाउने बारे प्रधानमन्त्री दाहालले उद्याग व्यवसायीसँग छलफल गर्न लाग्नु भएको हो ।