विकासको बाधक राजनीतिक भागवण्डा : माधवकुमार नेपाल

समाचार

२२ भदौ, रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणका काममा राजनितिक दलहरु पार्टिगत स्वार्थ छाडि एक हुनुपर्नेमा जोड दिनुभएको छ ।

रौतहटको गंगापिप्रमा जापानी सहयोगमा निर्माण गरिएको नेपाल जापान मैत्री सामुदायिक भवनको उदघाटन गर्दै नेता नेपालले राजनितिक भागवण्डाका कारण विकाको कामले गति लिन नसकेको बताउनु भयो । उहाले विकासका लागि सबै दलबीच सहकार्य हुन जरुरी रहेको भन्दै दलगत स्र्वा भन्दा माथि उठ्न राजनितिक दलका नेताहरुलाई आग्रह पनि गर्नुभयो ।

छिमेकीहरुको सहयोगले नेपालका विभिन्न आयोजनाहरु सम्पन्न हुनेगरेको भन्दै नेता नेवपालले आगामी दिनमा पनि जापानको सहयोगको रौतहटवासीले अपेक्षा गरेको बताउनु भयो ।

चिनियाँ राष्ट्रपतिको सी जिङपिङको नेपाल भ्रमण स्थगन भएको खबर सुनेको भन्दै उहाले यो दुखद भएको बताउनु भयो । उहाले भ्रमणका बारेमा आधिकारिक जानकारी आफूलाई नभएको तर, भ्रमण रद्द हुन नदिन सरकारले पहल गर्नु पर्नेमा उहाको जोड थियो ।

जापानी राजदूत मासासी ओगावाले नेपालमा विकासका प्रचुर सम्भावना रहेको भन्दै त्यसको सदुपायोग गर्नु पर्ने बताउनु भयो । जापान सरकारको ९७ लाख र जनश्रमदानबाट जुटाइएको झण्डै २४ लाख रुपैयाँ गरी कुल एक करोड २१ लाखको लागतमा निर्माण भएको सामुदायिक भवनको नेता नेपाल र जापानी राजदूत मासासी ओगावाले संयुत्त रुपमा उद्घाटन गर्नुभएको थियो ।