कास्की जिल्लाको पहिरोमा, एकै घरका ४ जनाको मृत्यु

समाचार

कास्की, भदौ २४। जिल्लाको लेखनाथ नगरपालिका–४ खरानीफाँट पैतेमा अबिरल वर्षापछि पहिरो जाँदा एकाघरका ४ जनाको ज्यान गएको छ । ज्यान गुमाउने चारै जना बालबालिका हुन् ।

बुधबार राति परेको अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा लक्ष्मी सुनारको १४ वर्षीया छोरा निशान , ९ वर्षीया छोरी रविना , ७ वर्षीया छोरी अञ्जिला र साढे २ वर्षीया नाती सलमानको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले पहिरोका कारण ४ जनाको ज्यान गएको पुष्टि गरेको छ ।

पहिरोमा परी २ जना घाइते छन् । लक्ष्मीकी छोरी कविता र सजिना घाइते भएका हुन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । उनीहरुलाई प्रहरी र स्थानियको सहयोगमा उद्धार गरी राति नै अस्पताल लगिएको थियो ।