काठमाडौ २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको पर्सी बिहीबारदेखि हुने भारत भ्रमणको तयारीका लागि दिल्ली जानु भएका परराष्ट्रमन्त्री प्रकाशशरण महत आज स्वदेश फर्किदै हुनुहन्छ ।
भारत भ्रमणका क्रममा भारतीय समकक्षी सुष्मा स्वराज, उर्जामन्त्री पियुस गोयल, जलस्रोत मन्त्री उमा भारती लगायत भाजपा र कांग्रेसका आइका नेताहरुसँग छलफल गर्नु भएको छ ।
भेटका क्रममा प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण, नेपालमा भारतीय लागानीमा सुरु भएका ठूला विकासे आयोजना लगायतका विषयमा छलफल गर्नु भएको थियो ।
स्वदेश फर्किनु अघि आज बिहान पनि स्थानीय नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री महत आज दिउँसो पौने एक बजे काठमाडौ आइपुग्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटको प्रयास भएपनि हालसम्म कुनै टुङ्गो नलागेको जनाइएको छ ।