काठमाडौं, भदौ २८ । नेपाल वायुसेवा निगमको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । आर.ए २०६ विमान अवतरणका क्रममा ल्यान्डिङ गियर फसेपछि समस्या आएको हो ।
विमानमा रहेका सबै यात्रु सकुशल रहेको बताइएको छ । विमानमा कति यात्रु थिए भन्ने बारे केही पनि बताइएको छैन । विमान मंगलबार दिल्लीबाट उडेको थियो ।
उक्त विमानमा भारत भ्रमण पूरा गरी फर्किएका परराष्ट्रमन्त्री महत समेत थिए । नेपाल एयरलाइन्सको उक्त विमान अहिले धावन मार्गमै रहेको छ । धावन मार्गमै विमान थन्किएपछि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान रोकिएको छ ।