प्रधानमन्त्री दाहाल र मोदीबिच भेटवार्ता

समाचार

काठमान्डौ ,भदौ ३१ । भारत भ्रमणमा रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज भेटवार्ता गर्नुभएको छ ।

नयाँदिल्लीमास्थित हैदरावाद हाउसमा भएको भेटमा आपसी हित, सम्बन्ध सुधार तथा अन्य केही महत्वपूर्ण सम्झौताका बारेमा छलफल भएको छ । प्रधानमन्त्री मोदीसँगको भेटमा दाहालले सडक तथा उर्जा क्षेत्रमा भएका विगतका सहमति कार्यन्वयन लगायतका विषयमा जोड दिनु भएको स्रोतले जनाएको छ ।

अहिले केहीबेरमा पत्रकार सम्मेलन गरी सम्झौतापत्रको आदानप्रदान र संयुक्त वक्तव्य सार्वजनिक गर्ने तयारी भएको छ । सम्मेलनमा दुवै मुलुकका प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ । यसैबीच प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्नुभएको थियो । राष्ट्रपति निवासमा विहान भएको भेटमा दुर्ए मुलुकको आपसी हित तथा सम्बन्ध सुधारका विषयमा छलफल भएको थियो ।