मनास्लु पदमार्गमा पहिरोमा परि , ४ जनाको घटनास्थलमैं मृत्यु

समाचार

गोरखा, असोज, ६ । गारखाको मनास्लु पदमार्गमा पहिरो जाँदा १ विदेशीसहित ४ जनाको घटनास्थलमैं ज्यान गएको छ । उहिया–केरौंजा जोड्ने तातोपानी पुलनजिक आज पहिरो खसेको हो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले घटनास्थलतर्फ प्रहरी टोली खटिएको बताए । माछीखोला प्रहरी चौकीबाट टोली खटाइएको उनले बताए ।

 उक्त पहिरोमा परी अन्य ६ जना गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडाैँ लगिएको छ ।

मनास्लु पदमार्गमा नेपाली र विदेशी गरी १५ जना थिए । खोर्लाबेसींमा बास बसेर पदयात्रामा गएका पर्यटकको समूह पहिरोमा पुरिएको प्रहरीको आशंका छ ।