काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले युगान्तकारी परिवर्तनका लागि सन्चारक्षेत्रको ठूलो योगदान रहने भएकाले सहि सुचना प्रवाह गर्नपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस काउन्सिलको ४७औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाले मुलुकमा भएका हरेक परिवर्तमा मिडियाको महतवपूर्ण भुमिका रहेको बताउनु भयो ।
समयको गतिसँगै बृद्धि हुदै गएका सन्चारसंस्थालाई ब्व्यावस्थीत र मर्यादित बनाउदै पत्रकारिताको विकासमा प्रेस काउन्सिलले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति भण्डारीले जोड दिनुभयो ।
कार्यक्रममा सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले देश र जनताप्रति पत्रकारिताजगत् मर्या्दित भएर आफ्नो पेशामा लाग्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै, नेपाल पत्रकार महासंघको अध्यक्ष डा. महेन्द्र विष्टले परिवर्तनको मान्यतालाई आत्मसाथ गर्दै सन्चार क्षेत्रले चौथो अंगको भूमिकालाई मूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो । काउन्सिलले आफ्नो वार्षिकउत्सवको अवशरमा आज ३३ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।राष्ट्रपति भवन शीतल निवासमा गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारहरुलाई पुरस्कृत गर्नुभएको थियो ।
काउन्सिलले क्रियाशील पत्रकारिता पुरस्कार तीनजनालाई, सशक्तलेखन पत्रकारिता पुरस्कार चारजनालाई, युवा सशक्तीकरण पुरस्कार पाँचजनालाई, समावेशी पत्रकारिता पुरस्कार ६ जनालाई र सन्चारकर्मी पत्रकारिता पुरस्कार चारजनालाई प्रदान गरेको हो ।
त्यसैगरी, भाषागत पत्रकारिता पुरस्कार एकजनालाई, स्तम्भलेखन पुरस्कार तीनजनालाई, साहित्यक पत्रकारिता पुरस्कार एकजनालाई, सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार एकजनालाई र गोपालदास पत्रकारिता पुरस्कार एकजनालाई प्रदान गरिएको थियो ।