प्रधानमन्त्रीद्वारा मेलम्ची आयोजनाको निरीक्षण

समाचार

मेलम्ची,सिन्धुपाल्चोक असोज ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको आज निरीक्षण भ्रमण गर्नुभएको छ ।

आज बिहान निरीक्षणका लागि त्यहाँँ पुग्नुभएका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आयोजनाको विस्तृत जानकारी गराउनुभएको थियो ।

सो अवसरमा कामु मुख्यसचिव टङ्कमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो ।