काठमाडौं, असोज ७ । सांसदहरुले मुलुकको आर्थिक सम्मृद्धिका लागि उद्योग मन्त्रालयलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।
उद्योग समितिको आज बसेको बैठकमा बोल्ने अधिकाशं सासंदले उद्योग दर्तालाई सहज बनाउदै जानुपर्नेमा जोड दिदै अब आर्थिक सम्मृद्धिका दिशामा अघि बढ्न सरकारलाई सुझाव दिए ।
उद्योगसम्बन्धी नयाँ विधेयकबारे छलफल गर्न बसेको बैठकमा उद्योग मन्त्री नविन्द्रराज जोशीले आर्थिक सम्मृद्धिका लागि नयाँ उद्योग नीति आवश्यक भएको बताउनु भयो ।
उहाले उद्योग नीति छिटो पारित गर्न सांसदहरुलाई आग्रहसमेत गर्नुभयो । सरकारले बन्द रहेका उद्योग सञ्चालनको प्रक्रिया अघि बढाएको भन्दै उहाले नेपाल औषधि लिमिटेड अब छिट्टै सुरु हुने जानकारी दिनुभयो ।