भैरहवा, असोज ८ गते । यति एयरलाइन्सको काठमाडौबाट भैरहवाका लागि प्रस्थान गरको विमान भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा पाँच जना घाइते भएका छन्
काठमाडौंबाट दिउँसो ४ः२४ मिनेटमा उडेको उडान नम्बर ८९३ को कल साइन ९ एनएअाडीकाे सो विमान ४ः५४ मिनेटमा गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरणका क्रममा रनवेबाट बाहिर पुगेको र सो दुर्घटनामा पाँच जना यात्रु समान्य घाइते भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताउनुभयो ।
सो विमानको अगाडिको चक्का पङचर भएको तथा वायाँ तर्फको पँखेटामा समान्य क्षति भएको छ।घाइतेहरुको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा उपचार भई रहको छ ।
विमान धावनमागबाट १५० मिटर टाढा पुगेकाे बताइएकाे छ । विमानमा १९ यात्रु र तीन चालक दलका सदस्य रहेका थिए ।