काठमाडौं, ९ असोज । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा भएपछि नेकपा क्रान्तिकारी माओवादीले आज गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ ।
चन्दा सङ्कलन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेका पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल क्रान्तिकारीका सह–संयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई हिजो रिहा गरेपछि हिजै बन्द फिर्ता लिइएको हो ।