‘निर्मलाका हत्यारा प्रधानमन्त्री र गृहमन्त्री हुन्’: डा. संग्रौला

‘निर्मलाका हत्यारा प्रधानमन्त्री र गृहमन्त्री हुन्’: डा. संग्रौला
समाचार

निर्मलाको न्यायका निम्ती अभियान चलाइरहेकी नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद डा. डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा प्रधानमन्त्री र गृहमन्त्री भएको दाबि गरेकी छन् । साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गरिन् ।

रिपोर्टर्स क्लब प्रदेश-५ द्वारा बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै डा संग्रौलाले भनिन्-‘नेपालमा न्याय मर्यो,न्याय बिकी सक्यो,अपराधिहरु सिंहदरबारको सुरक्षाभित्रै छन् ।’मुलुकका हजारौं निर्मलाहरुको न्यायका लागि आफुले ३ महिनादेखि न्याय देउ भन्ने अभियान चलाइरहेको बताउदै उनले असोज ११ इलामबाट शुरु भएको अभियान सबै प्रदेशमा संचालन गरेको बताइन् ।

निर्मलाहरुको न्यायका लागि सिंगो समाज जाग्नैपर्छ

निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म सम्भब नभएको भन्दै उनले बर्तमान ओली सरकार बादशाह,महेन्द्रपथ र निरंकुशतातर्फ गैरहेको समेत दाबि गरिन् । सरकारले न्याय नदिदा निर्मलाका बुबाको मानसीक सन्तुलन गुमेकोमा चिन्ता ब्यक्त गर्दै उनले निर्मलाका बुबाले आफुसंग‘कि फांसी देउ की मलाइ न्याय देऊ’भनेको सुनाइन् ।

‘दुइतिहाइको सरकारले ९ महिनामा के के गर्यो रु जनताको बांच्न पाउन अधिकार पनि कुण्ठित भएको र राज्यले भयावय स्थिती सिर्जना गरेको छ, किन राज्य यति कमजोर भयो रु उनको प्रश्न छ ।’ काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गर्दै नेपाल सरकार सहआयोजक बनेर क्रिस्चियन धर्मको प्रचार गरेकोमा उनको दुखेसो छ । ‘प्रधानमन्त्रीले डलरको खेती गर्ने ठूलो तक्मा लगाउने अनि बिबादीत एनजिओको बन्धक बन्न मिल्छ रुउनको प्रश्न छ ।

संबिधानको धारा ९१ क मा फरक-फरक पार्टी र लिंगका सभामुख र उपसभामुख हुने भनेपनि सरकारले संबिधान लल्याइएको उनको भनाइ छ ।सरकारले प्रेस स्वतन्त्रता,न्याय पालिकामा पनि कब्जा गर्ने रणनीति असफल हुने उनको दाबि छ । अहिलेको दुइतिहाइ सरकारलाइ असफल हुने अधिकार नभएको भन्दै उनले सरकार संघीयताको कार्यान्वयनमा पनि चुक्दै गएको आरोप लगाइन् ।

Post Comment