एनआरएन मध्यपुर्व संयोजक शर्मा रिहा

एनआरएन मध्यपुर्व संयोजक शर्मा रिहा
एनआरएन विशेष

कतार प्रहरीको नियन्त्रणमा रहेका एनआरएन मध्यपुर्व संयोजक आर के शर्मा झण्डै एक महिनापछि रिहा भएका छन् । २८ दिनसम्म नियन्त्रणमा राखेपछि कतार प्रहरीले उनलाई हिजो सांझ छाडेको हो ।

गत अक्टोबर ५ मा कतारमा आयोजित एउटा सांस्कृतिक कार्यक्रम सहभागी भएको निहुँमा कतार प्रहरीले सोधपुछका लागि भन्दै शर्मालाई गत अक्टोबर १८ तारिखमा नियन्त्रणमा लिएको थियो ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कतार शाखाले गरेको सो कार्यक्रममा रोजगारदाता कम्पनीहरुले नेपाली कामदारलाई दिइएको पीडाको विषय समेटिएको थियो ।

कतारस्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालय, गैरआवासीय नेपाली संघलगायत सम्बन्धित निकायहरुले शर्माको अवस्था यकिन गर्न र रिहाइका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै आएको थियो । शर्मालाई २८ दिनसम्म परिवार वा अन्य कोहीसँग पनि भेट्न दिइएको थिएन ।

Post Comment