माघ ८ मै संविधान जारी गर्न प्रतिबद्ध

राजनीति

 उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले सरकार र दलहरू माघ ८ गतेभित्र संविधान जारी गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पाल्पाको पूर्वी भेगमा रहेको रामपुर वचत तथा सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री गौतमले समयमै संविधान जारी गर्न नचाहने तत्व अराजक भएको आरोप लगाउनुभयो ।उहाँले माघ ८ मा संविधान जारी गर्ने काम कुनै दल विशेषको मात्र नभएर सबै दल र सरकारको पनि प्राथमिकता भएकाले तोकिएकै मितिमा सङ्घीय लोकतान्त्रिक संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सङ्घीय लोकतान्त्रिक संविधान जारी भएपछि सबै नेपालीले विकास र शान्तिको महसुस गर्न पाउने दाबीसमेत गर्नुभयो । रासस

Post Comment