माघ ८ मा संविधान जारी गर्न दबाबस्वरुप पदयात्रा

राजनीति

काठमाडौँ, ८ पुस । संयुक्त विद्यार्थी सङ्गठनले निर्धारित समय आगामी माघ ८ मा संविधान जारी गर्नुपर्ने माग गरेको छ ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लगायत विद्यार्थी सङ्गठन आबद्ध संयुक्त विद्यार्थी सङ्गठनले समयमै संविधान जारी गर्नुपर्ने माग गर्दै आज पदयात्रा गरे

पदयात्रा माइतीघरबाट सुरु भएर बबरमहल हुँदै संविधानसभा भवन अगाडि पुगेर सभामा परिणत भएको थियो । सो अवसरमा अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले समयभित्र संविधान जारी गर्न नागरिक समाज, विद्यार्थी, मानवअधिकारकर्मी तथा बौद्धिक वर्गलगायतले संयुक्त रुपमा सकारात्मक दबाब दिनुपर्छ भन्नुभयो ।

निर्धारित समयमै संविधान जारी गर्नुपर्ने माग गर्दै विद्यार्थी सङ्गठनले “सभासद्ज्यू, नमस्कार ! तपाईं संविधान निर्माणको काममा लागिरहनुभएको छ ?, माघ ८ मा नयाँ संविधान आउँछ त ?” भन्ने प्रश्नसहित सर्वसाधारणबाट हस्ताक्षर सङ्कलनसमेत गर्दै आएका छन् । रासस

Post Comment