प्रचण्डले भने, ‘सरकारमा निरिह भएर बस्नुभन्दा प्रतिपक्ष नै ठीक’

राजनीति

काठमाडौं – पछिल्लो समय राष्ट्रिय सहमतिको सरकारको वकालत गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा निस्प्रभावी भएर आफ्नो पार्टी बस्ननहुने धारणा राखेका छन् ।prachanda

मंगलबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा संक्षिप्त धारणा राख्दै उनले सो कुरा बताएका हुन् । ‘सरकारमा यसरी निरिह भएर बस्नुभन्दा बरु प्रतिपक्षमा नै बसेर जनताको कुरा उचित हुन्छ,’ कुनै एक प्रशंगमा प्रचण्डको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

आजदेखि शुरु भएको बैठकमा ७ वटै प्रदेश र प्रवासबाट राजनीकि र संगठनात्मक कामको रिर्पोटिङ गरिएको थियो ।

त्यस्तै वर्षमान पुनले संगठनात्मक र निर्वाचनका विषयमा चुनावसम्म कसरी जाने भन्ने कार्यविधि प्रस्तुत गरेका थिए ।

आज प्रस्तुत भएका संगठनात्मक र निर्वाचन विधिबारे कार्यदलको रिपोर्टबारे बुधबार बस्ने बैठकमा छलफल गरिनेछ । साथै सम्मेलनको कार्यतालिका महाधिवेशनको मिति केन्द्रीय संगठनात्मक संरचना, राजनीतिक परिस्थितिलगायतका विषयमा बुधबारको बैठकमा छलफल गरिने बताइएको छ ।