एमालेका नेता सुबाश नेम्वाङलाई ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा

राजनीति

subash Nembang११ साउन, काठमाडौं । राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा चलेको  छलफलमा भाग लिदै  नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्वसभामुख सुवास नेम्वाङलाई एउटा ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा भएको छ ।

छलफलमा भाग लिँदै कांग्रेस संसद चौधरीले पूर्व सभामुख नेवाङलाई एउटा ‘ग्याङको नेता’ भने । लगत्तै एमाले सांसदहरुले विरोध गर्दै नियमापत्ति गरेका थिए ।

एमाले सांसदहरुको विरोधपछि सभामुख ओनसरी घर्ती मगरले ‘ग्याङ’ शब्दलाई रेकर्डबाट हटाउन आदेश दिइन् ।

साथै उनले शिष्ट र मर्यादित भाषा प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेकी छन् ।