काठमाडौं, साउन १६ । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय आज सकिँदै छ । यसै सन्दर्भमा संसद सचिवालयले नयाँ प्रधानमन्त्रीको निर्वाचन यहि साउन १९ गते गर्ने तयारी समेत थालिसकेको छ । सहमतीय सरकार निर्माण हुन नसके अव देशले बहुमतीय प्रणालीमार्फत नयाँ प्रधानमन्त्री चयन गर्ने छ । त्यसका लागि व्यवस्थापिका संसदले राष्ट्रपतिबाट अनुमोदन लिनुपर्ने छ । संसद सचिवालयले राष्ट्रपति कार्यालयबाट बहुमतीय प्रक्रिया शुरु गर्न पत्र आएपछि निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।
बहुमतीय प्रक्रिया मार्फत व्यबस्थापीका धेकेलिएपछि अव काँग्रेस–माओवादी र उनीहरुको गठबन्धनलाई साथ दिएका मधेसीलगायतका केहि साना दलहरुले प्रचण्डलाई साझा प्रधामन्त्रीको उम्मेदवारका रुपमा खडा गर्ने छन् भने नेकपा एमाले र अन्य केहि दलले भने एमालेका कुनै एक नेतालाई प्रधानमन्त्रीको उम्मेदवार खडा गर्ने निश्चित छ ।