प्रधानमन्त्रीको निर्वाचन आज, प्रचण्ड प्रधानमन्त्री बन्दै ।

राजनीति

images (1)

काठमाडौं, १९ साउन – व्यवस्थापिका संसदबाट बुधबार नयाँ प्रधानमन्त्रीको चयन हुँदैछ । प्रधानमन्त्री चयनका लागि बिहान ११ बजेको लागि संसद बैठक बोलाइएको छ । नयाँ प्रधानमन्त्री चयनका लागि एमालेले कुनै उम्ममेद्वार खडा नगरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एक्ला उम्मेद्वार बनेका छन् । नेपाली कांग्रेसको प्रस्तावमा उम्मेद्वारी दर्ता गराएका प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुने पक्कापक्की छ । व्यवस्थापिका–संसद् सचिवालयले मंगलबार प्रकाशन गरेको सूचनाअनुसार प्रचण्डको उम्मेदवारीमा नेपाली काँग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक रहेका छन् भने संसद्का अन्य १६ दलका नेताले समर्थन जनाएका छन् ।

सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईकेलका अनुसार अध्यक्ष प्रचण्डको उम्मेदवारीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम तामाङ, सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले समर्थन जननाएका छन् । यद्यपी मधेसी मोर्चासँगको बनिसकेको भनिएको सहमति पनि बीचमा विवादित बन्दा उसले भोट हाल्ने या नहाल्ने भन्नेमा टुंगो लागेको छैन । मोर्चाले भोट नहाले पनि उनको पक्षमा बहुमत पुग्छ ।