प्रचण्डको विपक्षमा मतदान गर्ने राप्रपा नेपालको निर्णय ।

राजनीति

zpp1aKpp

काठमाडौं, साउन १८ – राप्रपा नेपालले प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार प्रचण्डलाई भोट नहाल्ने निर्णय गरेको छ । राप्रपा नेपालको बुधबार बिहान सम्पन्न पार्टी केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि राप्रपा नेपालमा सरकारमा जाने या नजाने भन्ने विषयमा तीव्र विवाद हुँदै आएको थियो ।