काठमाडौं, १९ साउन । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेताबीच प्रधानमन्त्रीको निर्वाचन, संविधान संशोधनलगायत विषयमा सहमति जुटेको छ ।
व्यवस्थापिका–संसद् नयाँबानेश्वर हाताभित्र भएको बैठकमा ती दलहरुबीच मङ्गलबार भएको मौखिक समझदारीलाई परिमार्जन गरेर तीन बुँदे सहमति भएको हो ।
- कांग्रेस नेता रमेश लेखकका अनुसार उनीहरुबीच भएको सहमती यस्ता छन् ।
१. दलहरुबीच राजनीतिक सहमति गरी संविधान संशोधन प्रस्ताव ल्याउने।
२. मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा र घाइतेलाई क्षतिपूर्ति दिने ।
३. उच्चस्तरिय आयोग गठन गर्ने र मधेसी मोतर्चाले सरकारलाई समर्थन गर्ने।