शंकरदेव क्याम्पसमा स्ववियू कोषाध्यक्ष भइसकेकी अर्याल ११ औं महाधिवेशनमा कोषाध्यक्ष पदको उम्मेदवारी घोषणा गरेकी छिन्।
नुवाकोट विदुरकी अर्यालले एमबीएस र एलएलबी सकाएकी छिन् । नेविसंघ नेतामा परिचित नाम अन्जनालाई कांग्रेसको सशक्त महिना नेत्रृ बन्ने सम्भावना भएकी नेताको रुपमा लिइन्छ । कोषाध्यक्षकी उम्मेदवार अञ्जना अर्यालले महिलालाई केन्द्रमा लैजानका लागि तल्लो स्तरमा पनि महिलाको प्रतिनिधित्व राम्रो हुनुपर्ने बताउँछिन्। उनी भन्छिन्,’विद्यार्थीको हकहितमा काम गर्ने र सङ्गठनमा निरन्तर लागेको महिला नेविसङ्घमा आवश्यक छ।’
नेविसंघ मात्रै नभएर सबै विद्यार्थी संगठनमा आर्थिक र प्रशासनिक पारदर्शिताको लागि आफूले कोषाध्यक्षमा उम्मेदवारी दिएको उनको भनाई छ ।
कोषाध्यक्ष पदमा पद्मकन्या क्याम्पसकी सभापति साधना घिमिरेले र शिव रिमाल पनि मैदानमा छन्।