करिब १० बर्ष देखि हुन नसकेको महाधिवेशन यही साउन २२ देखि २५ सम्म काठमाडौंमा चल्दै गर्दा महाधिवेशनमा प्रदेश नं ४ को केन्द्रिय उपाध्यक्ष्मा कल्याण वावु भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
वि.सं २०५३ सालमा श्री अम्मर ज्योति गाउ फर्क मा.वि को ने.वि सँघ सभापति हुदै राजनैतिक यात्रा शुरु गरेका भण्डारी नगर क्षेत्त नं १ कास्कीको सभापति, कास्की ने.वि.सँघ जिल्ला सदस्य पदाधिकारी हुदै ने.वि सँघको जिल्ला सभापति भएर काम गरिसकेका छन।
आफ्नो घोषणापत्र समेत सार्वजनिक गरेका भण्डारी राजनीतिमा कुशल, मृदुभाषि र इमानदार नेताका रुपमा आफूलाई चित्रित गर्न चाहन्छन साथै सर्घषका अनेकौ उकाली ओराली पार गर्दै, खरो र स्पष्ट बोल्दै एसै महाधिवेशन मार्फत केन्द्रिय राजनीतिमा आउने प्रयास गर्दै छन ।