काठमाडौं, साउन ३१ । आफुहरुले आयोजना गरेको बन्दमा कक्षा सञ्चालन गरेको भन्दै अखिल क्रान्तिकारीले काठमाडौँका तीन कलेजमाथि कारवाही गरेको छ ।
बिप्लव माओावदी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले दिएको जानकारी अनुसार काठमाडौं मोडेल नर्सिङ कलेज र एसएमएस कलेजले कक्षा र प्रशासन सञ्चालन गरेकाले आफ्ना कार्यकर्ताले तोडफोड गरेका हुन् ।
काठमाडौं मोडेल कलेजले पूर्वाअञ्चल विश्वविद्यालय र सिटिइभिटीबाट सम्बन्धन लिएर कार्यक्रम संचालन गर्दै आएको छ भने एसएमएस कलेज, बनस्थलीले सिटिइभीटीेका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
त्यसैगरी शंकरापुर एकेडेमी जोरपाटीमा पनि अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहका अनुसार कलेजले बन्दको अवज्ञा गरेकाले आफ्नो संगठनका कार्यकर्ताहरुले बन्द गराउन खोज्दा तोडफोड भएको बताए ।
तोडफोडको क्रममा कलेजका कम्प्युटर, फर्निचर, झ्यालका सिसा पूर्णंरुपमा क्षति भएका छन् ।