प्रधानमन्त्री पुष्पकमल दाहाल भदौको अन्तिम साता भारतको भ्रमण गर्ने

राजनीति

pr nr

५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आउँदो ३१ गते नयाँदिल्लीमा द्विपक्षीय औपचारिक भेटवार्ता हुने भएको हो ।

प्रधानमन्त्रीको विशेष दुतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान मन्त्री तथा गृह मन्त्री विमलेन्द्र निधिले बिबिसी नेपाली सेवासँग कुरा गर्दै ‘प्रधानमन्त्री दाहाल भदौको अन्तिम साता भारतको औपचारिक भ्रमण गर्ने र सोही क्रममा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने’ जानकारी दिए हुन ।

भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार मोदीले भूकम्पपछिको पुनर्निर्माण प्रयासमा नेपाल सरकार र नेपाली जनतालाई सघाउनका निम्ति पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका थिए।
विज्ञप्तिमा भनिएको छ, ‍“नेपाल र भारतका सरकारबीच मात्रै सम्बन्ध नभई दुई देशका जनताबीच पनि भएको भन्दै प्रधानमन्त्रीले परम्परादेखिको मित्रता र सम्बन्धलाई थप सुदृढ तुल्याउन भारत प्रतिबद्ध रहेको दोहोर्याए।”