केपी ओलीलाई भुसालको टक्कर, आफ्नै घोषणाविरुद्ध ओली

राजनीति
काठमाडौं, ६ असोज–नेकपा एमालेको सातौं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिँदै उपमहासचिव घनश्याम भुसाालले फरक मतका रुपमा छुट्टै प्रतिवेदन पेश गरेका छन्, आजको कारोबार दैनिकमा खबर छापिएको छ ।
राजधानीमा बुधबार सुरु भएको बैठकमा अध्यक्ष ओली र उपमहासचिव भुसालले दुई छुट्टाछुट्टै प्रतिवेदन प्श गरेका हुन् ।
ओलीको प्रतिवेदन ३२ पृष्ठ र भुसालको २६ पृष्ठ समेटिएका छन् । भुसालले प्रतिवेदनमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता ओलीले दुई मध्ये एक पद त्याग्नुपर्ने उल्लेख गरेका छन् ।
एक व्यक्त दुई पद ओलीकै घोषणा विपरित भएको भुसालको दाबी छ । उनले गुटबन्दीका कारण पार्टी नराम्ररी बिग्रेर एउटा समुहले अर्कोको अस्तित्व नै स्वीकार गर्न नसक्ने अवस्था आएको उल्लेख गरेका छन् ।