संविधान कार्यान्वयनका लागि सबै दल एक हुनुपर्छ : काँग्रेस नेता प्रकाशमान सिंह

राजनीति

चितवन, असोज ७ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल एक हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले दलहरु एकै ठाउँमा उभिन नसके संविधान कार्यान्वयन हुन नसक्ने बताउनुभयो ।

नेता सिंहले संविधान कार्यान्वयनका लागि नेकपा (एमाले)लाई पनि सहमतिमा ल्याउन आवश्यक रहेको बताउँदै संविधान कार्यान्वयन र संशोधनका लागि सरकारले मधेसी मोर्चासँग छलफल गरिरहेको छ भन्नुभयो ।

काँग्रेसको नेतृत्वमा जारी भएको संविधान काँग्रेसकै नेतृत्वमा कार्यान्वयन हुनुपर्ने मान्यताका साथ पार्टी अघि बढेको भन्दै उहाँले अघिल्लो सरकारले संविधान कार्यान्वयनका लागि कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो ।

 नेता सिंहले पछिल्लो समयमा भाषको विवाद देखिएको भए पनि भाषको विवादलाई प्रादेशिक सभालाई जिम्मा दिनुपर्ने बताउँदै विधि र नियमानुसार चले काँग्रेस पार्टीभित्रको विवाद पनि अन्त्य हुने दावी गर्नुभयो ।