पाली काङ्ग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशनसमेत अन्योलमा परेको छ । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण निर्वाचन अन्योलमा परेको हो ।
नेविसङ्घको महाधिवेशन भएको दुई वर्ष तीन महीना बित्न केही दिन मात्र बाँकी रहँदा पार्टीले विधान र उमेरको हदबारे टुङ्गो लगाउन नसक्दा निर्वाचन महाधिवेशन अनिश्चित बन्दै गएको हो । नेविसङ्घको विधान र उमेरहदबारे छलफल गर्न भोलि मङ्सिर १ गते शनिबार काङ्ग्रेसले बैठकसमेत आह्वान गरेको छ ।
सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिमा ३२ वर्षे उमेर हदबारे बहस भइरहेको थियो । पार्टी नेतृत्व विधानमा भएको यो व्यवस्था कार्यान्वयन गर्ने पक्षमा छ भने नेविसंघको नेतृत्वमा आउन चाहनेहरु विपक्षमा छन् ।
नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको हो । तर, महाधिवेशन गर्न नसकेपछि माउ पार्टी कांग्रेसले महाधिवेशन गर्ने गरी ३ महिना म्याद थप्यो । यो बीचमा ३२ वर्ष उमेर हद लगाउनेबारे कांग्रेसको शीर्ष तहमै विवाद देखियो र थपिएको तीन महिने समय खेल गयो । अब फागुनमा हुने स्ववियु चुनावलाई देखाएर कार्यसमितिको म्याद थप्ने तयारी भइरहेको छ ।
उसोत नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण दलको अवस्था पनि उस्तै छ । तेस्रो महाधिवेशन भएको १० वर्षपछि विसं २०७३ कात्तिक २७ देखि २९ सम्म पोखरामा सम्पन्न महाधिवेशनबाट चार पदाधिकारी सर्वसम्मत चयन भएपछि केन्द्रीय समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । विधानअनुसार तरुण दलको कार्यकाल तीन वर्ष रहेको छ । अहिलेपनि तरुण दल चार पदाधिकारीमै सीमित छ ।
पोखरामा सम्पन्न चौथो महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । त्यसपछि हालसम्म पनि केन्द्रीय कार्यसमितिले पूर्णता पाउन नसकेको हो ।